दफा ६९३
विदेशीको कानूनी सक्षमताको निर्धारण गरिनेः

(१) कुनै विदेशी प्राकृतिक व्यक्तिको कानूनी सक्षमता त्यस्तो व्यक्तिको नागरिकता रहेको मुलुकको कानून बमोजिमनिर्धारण हुनेछ ।
(२) उपदफा (१) बमोजिम विदेशी प्राकृतिक व्यक्तिको नागरिकता यकिन हुन नसकेमा निजले सामान्य रूपमा बसोबास(ह्याविच्यूयल रेजिडेन्स) गरेको मुलुकको र निजको त्यस्तो बसोबास पनि यकिन हुन नसकेमा तत्काल निजले बसोबासगरेकोमुलुकको कानून बमोजिम निजको सक्षमता निर्धारण गरिनेछ ।
(३) कुनै सङ्गठित संस्थाको कानूनी सक्षमता वा वैधानिक हैसियत निर्धारण गर्नु पर्दा त्यस्तो संस्था दर्ता भएकोमुलुकको, त्यसरी दर्ता भएको मुलुक यकिन हुन नसकेमा त्यस्तो संस्थाको प्रधान कार्यालय रहेको मुलुकको रत्यस्तोमुलुक पनि पहिचान हुन नसकेमा त्यस्तो संस्थाको कारोबारकोे स्थान रहेको मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ।